मतदान गरेपछि राजेश हमाल भन्छन्: म पनि अबको पाँच वर्षमा उम्मेदवार बन्नेछु


काठमाण्डु- अभिनेता राजेश हमालले आइतबार संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत  मतदान गरेका छन् ।

अभिनेता हमालले काठमाण्डुको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका हुन् । मतदान गरेपछि उनले अर्को चुनावमा उठ्ने बताएका छन् ।

हमालले अबको पाँच बर्षमा आफू पनि उम्मेदवार बन्ने बताएका हुन् । ‘अबको पाँच वर्षमा म पनि उम्मेदवार बन्छु । यो निर्वाचनले देशमा ठुलो परिवर्तन गर्नेछ’ उनले भने ।

अब सक्रिय राजनीतिमा लाग्ने हमालले संगेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement