कलाकारहरूको बहस : नेपाली फिल्मको महानायक-महानायिका को ?


काठमाण्डु – कोरोना संक्रमणका कारण धरासायी बनेको नेपाली फिल्म क्षेत्र अहिले माथि उठ्ने कासिसमा भन्दा पनि नेपाली फिल्मको महानायक-महानायकिा को ? यही बहसमा अल्झिरहेको छ । कोरोना संक्रमणको महामारीका बिच पहिला नेपाली फिल्मको महानायकको विषयलाई लामो समय सम्म बहस चल्यो ।  नेपाली कलाकारहरूले राजेश हमालनै नेपाली फिल्म क्षेत्रको महानायक भएको र हमालको ठाउँमा अरु कसैको पनि तुलना गर्न नमिल्ने दाबी समेत गरे ।

नेपाली कलाकारहरूका साथै दर्शकहरूले पनि राजेश हमालनै महानायक भएको घोषणा गरे । तर नेपाली फिल्मको महानायक हमाललाई घोषणा गरेलगत्तै कतिपय कलाकारहरुले यसको घोर विरोध गरे । उनीहरूले हमालले महानायक हुनको लागि त्यति ठुलो नेपाली फिल्म क्षेत्रमा योगदान नगरेको गुनासो पनि गरेका थिए । त्यसैगरी अभिनेता भुवन कसीले नेपाली फिल्म क्षेत्रको महानायक आफु भएको बताएका छन् । 

अभिनेता केसीले भने,‘ राजेश हमाललाई नेपाली फिल्म क्षेत्रको महानायक भन्न सकिँदैन । हमालले अभिनय गरेका कुन फिल्म हिट भएको छ ? उनलाई कुनै पनि हालतमा महानायक भन्न सकिँदैन । नेपाली फिल्मको महानायक हुनलाई ठुलो योगदान दिएको हुनु पर्यो नि ? ’ त्यसैगरी उनले आफूले नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि ठुलो योगदान पुर्याएकोले महानायक आफूलाई नै भएकाे बताएका छन् ।

अभिनेता केसीलगायत कतिपय कलाकारहरूले नेपाली फिल्मको महानायक राजेश हमाल नभएको दाबी गरेका छन् ।  यता दर्शकहरूले भने हमाल महानायक नभएको भन्नेहरूकाे चर्को आलोचना गरेका छन् । यसैबीच अभिनेता केसीको पनि दर्शकहरूले आलोचना गरेका छन् । हाल पनि नेपाली फिल्म क्षेत्रको महानायक र महानायिका को ? भन्ने विषयले तहल्का मच्याँएको छ ।  नेपाली फिल्म क्षेत्र यही विषयको बहसमा अल्झिएको छ ।

आइतबार काठमाण्डुमा डाँडाको वरपीपलु फिल्मको युनिटले आयोजना गरेको कार्यक्रम पनि यसै विषयमा केन्द्रित रह्ययो । साँघुरो कोठामा आयोजित कार्यक्रममा एक फरक दृश्य देखियो ।

कार्यक्रममा दायाँतिरबाट कलाकारहरु रूबिना थापा र सलोन बस्नेत थिए । छेउमै राखिएको थियो अभिनेता राजेश हमालको तस्विर । राजेशले न त फिल्ममा नै अभिनय गरेका थिए न त कार्यक्रमसँग उनको कुनै संलग्नता नै थियो  फिल्ममा अटाएका कलाकार भुवन केसी, शिव श्रेष्ठ र गौरी मल्ल भने उपस्थित थिएनन् । राजेश हमाललाई महानायक भनिरहँदा शोभित बस्नेतले अभिनेता भुवन केसी नेपालको एकमात्र महानायक भन्दै आएका थिए ।
राजेश हमालको तस्विरलाई साक्षी राखेर शोभित बस्नेतले बोली फेरेका हुन् ?

यसअघि आयोजित एक कार्यक्रममा पनि उनले भुवन नै महानायक हो भनेर भनेपछि कार्यक्रम नै महानायक र महानायिका को हो त? भन्ने बहसमा अल्मलिएको थियो । जसपछि शोभितको आलोचना समेत भएको थियो । यसबीच आइतवारको कार्यक्रममा भुवनकै ‘गुनगान गाउने’ शोभितको यो अनौठो काम देख्दा पत्रकारले अभिनेता राजेश हमालको फोटो किन राखेको ? भनी प्रश्न सोधे ।

जवाफमा उनले भने,  ‘कार्यक्रमको प्रमुख अतिथि मानेर राजेश हमालको फोटो राखिएको हो । सधैँजसो भुवन केसीलाई महानायकको ट्याग दिने उनले यसपटक भने राजेश हमाललाई नै महानायक भएको भनि स्विकारेका छन् । तर, शर्त राखेर ।  उनले आफूले हमाललाई सुपरस्टार भनेको तर सुपरस्टार भन्दा महानायक ठूलो रहेको भन्दै व्यङ्ग्य समेत गरे ।

शोभित भन्छन्, ‘म जहिले पनि गलत रहेछु। किनभने मैले जुनसुकै मिडियामा पनि राजेश हमाल सुपरस्टार हो भनेर भनेको छु। विश्वमा सुपर स्टारभन्दा माथि कुनै पद नै छैन । यो महानायक त व्यक्तिले दिएको ट्याग हो । राजेश हमाल भनेको त सुपरस्टार हो । म हात जोडेर माफी माग्छु। मैले गलत बुझेछु। सुपरस्टार ठुलो भन्ने सोचेछु तर महानायक पो ठुलो रहेछ । हरेकले राजेश हमाललाई नै महानायक मानेको रहेछ । अब म पनि उहाँलाई महानायक नै मान्छु ।’

आफुले राजेश हमालसँग १७ वटा फिल्ममा सँगै काम गरेको र अब छिट्टै हमाललाई लिएर अर्को फिल्म बनाउने समेत उनले सुनाए । 

प्रतिक्रिया दिनुहोस
Advertisement