खानेपानी कार्यालयका प्रमुखलाई अर्धनग्न बनाउने १७ जनाविरुद्ध मुद्दा दर्ता

खानेपानी कार्यालयका प्रमुखलाई अर्धनग्न बनाउने १७ जनाविरुद्ध मुद्दा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहामाथि दुव्र्यवहार गर्ने सीके राउत नेतृत्वको जनमत पार्टीका १७ जना कार्यकर्ताविरुद्ध मुद्दा दर्ता भएको छ ।

बिहीबार दिउँसो खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख कुशवाहालाई अर्धनग्न बनाउँदै जनकपुर परिक्रमा गराउने १७ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले कर्मचारीलाई अभद्र व्यवहार र कार्यालयमा तोडफोड गर्नेविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गराइएको जानकारी दिए ।

उनीमाथि दुव्र्यवहार गर्नेहरुमा जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेम किशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू संजय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, संजय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डल रहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवा टोलमा पार्टी अध्यक्ष सिके राउतको बसोबास रहेको घर छेउको सडकमा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहामाथि उनका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए ।

उनीहरुमाथि क्षतिपूर्तिसहित अधिकतम चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने डिएसपी बस्नेतले जानकारी दिए ।