बाजा बजाएकै कारण दलितमाथि कुटपिट गर्ने कांग्रेस उम्मेदवार राजीव शाह गाउँबाट लखेटिए

बाजा बजाएकै कारण दलितमाथि कुटपिट गर्ने कांग्रेस उम्मेदवार राजीव शाह गाउँबाट लखेटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट– बाजा बजाएकै कारण दलितमाथि कुटपिट गरेको भन्दै कांग्रेसका उम्मेदवार गाउँबाट लखेटिएका छन्।

 

 

 

जाजरकोटको छेडागाड नगरपालिका–१२ र १३ का स्थानीयले कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजिवविक्रम शाह र उनको प्रचार टोलीलाई लखेटेका हुन्।

 

 

 

यसैगरी, प्रदेश सभा ‘ख’ का उम्मेदवार दीपकजंग शाहलाई पनि स्थानीयले गाउँबाट लखेटेका छन्।

 

 

वाम गठबन्धनको कार्यक्रममा बाजा बजाएकै कारण घरभित्रै गएर दलितमाथि कुटपिट गर्ने कार्यकर्ता तथा उनका उम्मेदवारलाई गाउँबाट लखेटेको स्थानीय वीरेन्द्र रोकायले जानकारी दिए।

 

 

चुनावी प्रचारप्रसार तथा घरदैलो गर्न कार्कीगाउँ पुगेका उनीहरुलाई स्थानीयले गाउँमा कुनै कार्यक्रम गर्न नदिई नाराबाजी गर्दै लखेटेका थिए।

 

 

दलितमाथि कुटपिट गर्ने कांग्रेस उम्मेदवार र कार्यकर्तालाई गाउँ प्रवेश गर्नै नदिने गाउँलेले बताएका छन्।

 

 

गत कात्तिक ३० गते वाम गठबन्धनको कार्यक्रममा यहाँका स्थानीय कले दमाइको टोलीले बाजा बजाएका थिए।

 

 

उक्त कार्यक्रममा बाजा बजाएको भन्दै कांग्रेसका कार्यकर्ताले शुक्रबार घरमै गई कले दमाई, पृथि दमाई, मन्दरी दमाईलाई कुटपिट गरेका थिए।

 

 

आक्रोशित स्थानीयले कांग्रेस उम्मेदवार र प्रचार टोलीलाई लखेटेर कांग्रेसको कार्यक्रम स्थलमै विरोध कार्यक्रम गरेका छन्।