डीआईजी राजीव सुब्बाको राजीनामा स्वीकृत


काठमाडौं – नेपाल प्रहरीका डीआईजी डा. राजीव सुब्बाको राजीनामा स्वीकृत भएको छ । करिब तीन महिना अगाडि राजीनामा दिएका डीआईजी सुब्बाको राजीनामा आइतबार स्वीकृत भएको हो ।

प्रहरीको सञ्चार निर्देशनालयका प्रमुख रहेका डा .सुब्बाले प्रहरी प्रधान कार्यालयलाई राजीनामा पत्र बुझाएका थिए ।

उनले आफूभन्दा जुनियर अधिकारी आइजी, एआइजी हुँदा पनि गृह मन्त्रालयले प्राविधिकतर्फ एआइजीको दरबन्दी नबनाएको भन्दै असन्तुष्टी जनाएका थिए ।

डीआईजी बढुवाअनुसार हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, एआईजी सिफारिस भएकाहरु, प्रहरी अस्पतालकी एआईजी सिंहभन्दा उनी सिनियर अधिकृत थिए । सुब्बाले २०५२ भदौमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

डीआईजीका रुपमा उनको अझै एक वर्ष सेवा अवधि बाँकी थियो । आईजीको दरबन्दी सिर्जना भएको भए उनले थप ५ वर्ष प्रहरीमा सेवा गर्न पाउने थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement