देश र जनताको लागि केही गर्न नसकिने भन्दै सांसद गुरुङले दिइन् राजीनामा

देश र जनताको लागि केही गर्न नसकिने भन्दै सांसद गुरुङले दिइन् राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– लुम्बिनी प्रदेशसभाकी जनमत पार्टीकी समानुपातिक सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् ।

मंगलबार उनले लुम्बिनीका सभामुखसमक्ष राजीनामा बुझाएकी हुन् ।

देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको भन्दै उनले राजीनामा दिएकी छन् ।

जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै उनले आजकै मितिबाट लागू हुने गरी राजीनामा पेश गरेकी हुन् ।

‘मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ’, उनले लेखेकी छन् । ‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो, जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’