मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पुग्यो

मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामाले राजीनामा प्रदेश प्रमुखको कार्यालयमा पेस भएको छ ।

सोमबार दिउँसो मुख्यमन्त्री लामाका स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव बल राम गैरेलाई राजीनामापत्र बुझाएका हुन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गरि मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएका थिए ।

राजीनामा दिएर लामा काठमाण्डु हिडेका थिए । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेपछि नयाँ सरकारको लागि आव्हान गर्नेछन् ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्पतालबाट डिस्चार्ज भएर सोमबार बिहान हेटौंडा आइपुगेका हुन् ।