काठमाण्डु- जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले पदबाट राजीनामा दिएका छन् । भट्टराईले माघ ५ गते नै राजीनामा बुझाएका हुन् ।
पछिल्लो समय न्याय परिषदमा तानिएका न्यायाधीश भट्टराईले आफुमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै न्याय परिषदमार्फत प्रधानन्यायाधीशसमक्ष राजीनामा दिएका हुन् ।
लामो समयदेखि न्याय परिषद्मा तानिएका जिल्ला न्यायाधीश भट्टराईले अन्ततः राजीनामा दिएका हुन् । आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै न्यायाधीश डा.भट्टराईले शुक्रवार न्याय परिषद्मार्फत प्रधान न्यायाधीशसमक्ष राजीनामा बुझाएका हुन् ।
यसअघि न्याय परिषद्ले न्याय परिषद् तानिएका तीन न्यायाधीशमाथि विस्तृत छानबिनका लागि समिति गठन गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीश डा.आनन्दमोहन भट्टराई नेतृत्वको समितिले विस्तृत छानबिन गरी न्याय परिषद्लाई आफ्नो प्रतिवेदन समेत दिइसकेको छ । यही बिचमा न्यायाधीश भट्टराईले आफ्नो पदबाट शुक्रवार राजीनामा दिएका हुन् ।
प्रतिक्रिया