लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा

लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशका वनमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् ।

बाँकेकी निर्मला कुर्मीलाई बेपत्ता पारेको आरोप लागेका उनीविरुद्ध चौतर्फी दबाब बढेपछि राजीनामा दिएका हुन् ।

गत निर्वाचन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र नम्बर ३(२) बाट निर्वाचित भएका थिए ।

गृह मन्त्रालयले २०७८ कात्तिक २ गते सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठन गरेको छानबिन समितिले अनुसन्धान गर्न सिफारिस गरेका व्यक्तिमध्ये कुर्मी पनि थिए ।