प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

गुप्ताले मंगलबार विहान राजीनामा दिएका हुन् ।

घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएपछि चौतर्फी दबाब भएपछि उनले राजीनामा दिएका हुन् ।

केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो ।

चौतर्फी दबाब पछि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गुप्तालाई बालुवाटार बोलाएर सोधपुछ गरेका थिए ।