काठमाण्डु – सर्वोच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई ५० लाख धरौटी माग गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
सर्वोच्चले गुप्तालाई ५० लाख नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको छ ।
पोखराको लिचिबारी जग्गासम्बन्धी भ्रष्टाचार प्रकरणमा तत्कालीन मन्त्रीद्वय गुप्ता र रञ्जिता श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दामाथि सुुनवाइ गर्दै विशेष अदालतले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
यस्तो छ सर्वाेच्चको आदेश –






प्रतिक्रिया