सर्वोच्चको पत्रसहित प्राधिकरण पुगे राजकुमार क्षेत्री

सर्वोच्चको पत्रसहित प्राधिकरण पुगे राजकुमार क्षेत्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नागरिक उड्डयन प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक राजकुमार क्षेत्री सर्वोच्चको पत्रसहित कार्यालय पुगेका छन् ।

आइतबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले क्षेत्रीको पक्षमा कारणसहित पक्ष विपक्षलाई १५ दिनको म्याद दिएर अदालतमा उपस्थित हुन अन्तरिम आदेश जारी गरेपछि क्षेत्री हाजिर हुन कार्यालय पुगेका हुन् ।

अहिले प्राधिकरणको प्रबन्ध निर्देशकमा ई.प्रदीप अधिकारी नियुक्त भइसकेका छन् । क्षेत्री ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि सरकारले उक्त स्थानमा अधिकारीलाई नियुक्त गरेको थियो ।

क्षेत्रीले उक्त अवकाशलाई अस्वीकार गर्दै सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्चले दिएको सोही पत्र बोकेर क्षेत्री सोमबार प्राधिकरण हाजिर गर्न पुगेका छन् ।