काठमाण्डु— संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि झुटा आरोप लागेका बताएका छन् ।
आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनी राजीनामा दिएको बताएका हुन् ।
प्रधानमन्त्री समक्ष राजीनामा बुझाएपछि सामाजीक सञ्जालमा लेख्दै गुप्ताले नखाएको बिष लागेको बताए ।
उनले लेखेका छन् ‘बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु ।’




प्रतिक्रिया