काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष लेखी एमालेमा प्रवेश गर्ने भएका हुन् । उनले आफूले एमालेबाट राजनीति गरेको भन्दै एमालेमा फर्किने बताए ।
नेता लेखी गोदावरीमा जारी एमालेको विधान महाधिवेशनबाटै पार्टी प्रवेश गर्ने भएका छन् । लेखीले पहिलो संविधानसभा विघटनपछि एमाले छाडेका थिए । उनले बिहीबार लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका थिए ।




प्रतिक्रिया