म्याग्दी– म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । प्रहरी स्रोतले कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा थापालाई पक्राउ गरिएको जानकारी दियो ।
थापालाई गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो ।
सहकारीको रकम थापापिहतका सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया