हामी नेपालसँग शिर झुकाउनु पर्यो भने झुकाउँछौंः भारतीय रक्षामन्त्री सिंह

हामी नेपालसँग शिर झुकाउनु पर्यो भने झुकाउँछौंः भारतीय रक्षामन्त्री सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारतबीचको सम्बन्ध बिगार्न चाहने शक्तिहरू रहेको बताएका छन् ।

कालापानी र तुइन प्रकरणले नेपाल–भारत सम्बन्धमा चिसोपना आइरहेका बेला बुधबार उत्तराखण्डमा आयोजित कार्यक्रममा रक्षामन्त्री सिंहले यस्तो बताएका हुन् । उनले सरकारको प्रतिनिधिको हैसियतमा आफूले नेपालसँग शिर झुकाउनु पर्यो भने झुकाउने बताएका छन् ।

‘नेपालसँग भारतको सम्बन्ध बिगार्न चाहने शक्तिहरू छन् । सरकारको प्रतिनिधिको हैसियतमा म तपाईंलाई भन्न चाहन्छु कि यदि हामीले हाम्रो शिर झुकाउनु पर्यो भने झुकाउछौं,’ रक्षामन्त्री सिंहले भने, ‘तर हामी हाम्रो छिमेकी नेपालसँगको सम्बन्ध टुट्न दिदैनौं ।’