राजतन्त्रको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन


काठमाण्डु – काठमाण्डु उपत्यकामा शनिबार राजतन्त्रकाे माग गर्दै प्रदर्शन भएको छ । पृथ्वीनारायण शाहको तस्वीर बोकेका उनीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

राजतन्त्र पक्षधरहरूले राष्ट्रिय झन्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र झाँकीसहित प्रदर्शन गरेका हुन्।

पछिल्लो केही दिनदेखि राजावादीहरुले हिन्दू राष्ट्र र राजसंस्थाको माग गर्दै देशभर प्रदर्शन गर्दै आइरहेका छन्। राजसंस्था, हिन्दुराष्ट्र स्थापना र संघीयता खारेजीको माग गर्दै हजारौँ युवाहरूले सडकमा प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement