काठमाण्डु महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जाँचबुझ समिति गठन

काठमाण्डु महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जाँचबुझ समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बित गर्दै छानबिन गर्न जाँचबुझ समिति गठन गरेका छन् ।

उनले पाण्डेलाई बढीमा ६ महिनाका लागि निलम्बनमा राखेर छानबिन थालेका हुन् ।

प्रमुख प्रशासकीय प्रमुख गुरागाईले महानगर कार्यालय प्रवेश गर्ने क्रममा गत चैत २१ गते नगर प्रहरीले अवरोध गरेपछि रिक्तता देखिएको थियो । कार्यालय प्रमुखलाई नै कार्यालय प्रवेशमा रोक्न हुलहुज्जतको नेतृत्व नगर प्रहरी प्रमुख पाण्डेले गरेको ठहर गरिएको छ ।

नगर प्रहरी प्रमुख पाण्डे नगर प्रमुख (मेयर) बालेन्द्र शाहको आदेशमा चल्ने गरेका थिए । तर कानून अनुसार प्रहरी प्रमुखले प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा काम गर्नुपर्छ ।