काठमाण्डु – प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले निलम्बन गरेपछि काठमाण्डु महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजु पाण्डेले उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।
मंगलबार अदालतमा आफैं उपस्थित भएर उनले रिट दायर गरेका हुन् ।
अदालतकी प्रवक्ता पार्वती हितानले पाण्डेको रिट सुनुवाइका लागि उच्च अदालत पाटनमा भोलि बुधबारका लागि पेशी तोकिएको छ ।
गत जेठ २० गते उनलाई ६ महिनाका लागि निलम्बन गरिएको थियो । पाण्डेले कामपा, मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत गुरागाईं, महानगरीय प्रहरी बल, हालका कामपा प्रहरी प्रमुख विष्णुप्रसाद जोशी र नगर कार्यपालिकाको कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।




प्रतिक्रिया