राजु अर्यालले लगाए एआईजीको फुली

राजु अर्यालले लगाए एआईजीको फुली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । बुधवार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहकाबीच सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) पुष्पराम केसीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

मन्त्रिपरिषद्को बैशाख १३ मा अर्याललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा आईजीपी केसीले राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा तथा सांगठनिक विकासमा पुर्याएको योगदानको कदर गर्दै सरकारले अर्याललाई पदोन्नति गरेको बताए । २०५४ साल चैत्र १८ मा नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका अर्याल २०५८ मा सशस्त्रमा आएका हुन् ।

पदोन्नती भएसंगै अर्याल अहिलेका महानिरीक्षक पुष्पराम केसीको अवकाशपछि महानिरीक्षक हुने पक्कापक्की भएको छ । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।