कर्तव्य पालानको शिलसिलामा ज्यान गुमाएका परिवानजनहरुसंग भेट्दै सशस्त्र महानिरीक्षक अर्याल

कर्तव्य पालानको शिलसिलामा ज्यान गुमाएका परिवानजनहरुसंग भेट्दै सशस्त्र महानिरीक्षक अर्याल


काठमाण्डु – सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र द्धन्द्ध र कर्तव्य पालानको शिलसिलामा ज्यान गुमाएका परिवानजनहरुसंग भेटघाट सुरु गरेका छन् । महानिरीक्षक अर्यालले मातहतका बाहिनी,गण र विओपीको भ्रमणमा गएका बेला द्धन्द्धको क्रममा मृत्यु भएका, विभिन्न आन्दोलन र कर्तव्य पालनको शिलसिलामा घाईते र मृत्यु भएका अधिकृत र जवानका परिवारहरुसंग भेटघाट सुरु गरेका हुन् ।

सशस्त्र प्रहरी प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले कर्तव्य पालनको शिलसिलामा विरगती प्राप्त गरेका, घाईते भएका र अरु कारणले समेत मृत्यु भएका परिवारजनहरुसंग महानिरीक्षक अर्यालले भेटघाट सुरु गरेको र उनिहरुका समस्या समाधानको लागि पहल सुरु गरेको जानकारी दिए ।

‘उहांले सबै क्षेत्रको भ्रमणको बेला अहिले यो विषयलाई प्राथमिकतामा राख्नुभएको छ । संगठनको अभिभावको हिसावले परिवानजनहरुले अहिले भोगिरहेका समस्या र त्यसको समाधानको लागि पहल समेत गरिराख्नुभएको छ ।’ प्रवक्ता थापाले भने ।

अर्यालले शुक्रबार गण्डकी प्रदेश अन्तर्गतका सशस्त्र प्रहरी बल, नेपालका युनिटहरुको निरीक्षणको क्रममा सशस्त्र प्रहरी कर्मचारीहरु र विरगति प्राप्त अमर सशस्त्र प्रहरी कर्मचारीका आश्रीत परिवारहरुसँग भेटघाट गरेर आफ्नो अभियानको सुरुवात गरेका हुन् ।

उनले त्यसै क्रममा पोखराबाट पर्वत आउने क्रममा कुश्मा नगरपालिका ७ खरेहामा दाङ्गको सतबरिया बेश क्याम्पमा कार्यरत रहँदाको बखत दोहोरो भिडन्तमा परी विरगति प्राप्त गर्ने सप्रसनि राजेन्द्र सापकोटाको श्रीमती दुर्गा देवी सापकोटासँग भेटघाट गरेका छन् । सापकोटा २०५८ चैत्र ३० गते कर्तव्य पालनको शिलशिलामा मारिएका थिए ।

महानिरीक्षक अर्यालले उनको पारिवारीक समस्या र राज्य तथा संगठनबाट प्राप्त गरेको सुविधाको बारेमा जानकारी लिदै राज्य र संगठनबाट थप सुविधाको लागि पहल गर्ने बताएका थिए ।

उनले भेटको क्रममा र विगतमा भएका घट्नालाई समयानुकुल विर्सदै आफ्नो र सन्ततिको भविष्य उज्वल बनाउनको सक्रिय रुपमा आफ्नो कर्तव्य निर्वाह गर्नको लागि सुझाव दिदै त्यस कार्यको लागि आफ्नो तर्फबाट भरपुर सहयोग हुने वचनबद्धता समेत गरेका थिए ।