संगठनमा नीतिगत सुधार गर्ने आईजीपी अर्यालको प्रतिबद्धता

संगठनमा नीतिगत सुधार गर्ने आईजीपी अर्यालको प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी संगठनमा नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । गृह मन्त्रालयमा आयोजित समारोहमा दर्ज्यानी चिन्ह लगाएपछि नवनियुक्त आईजीपी अर्यालले संगठनमा रहँदाको आफ्ना योजना सुनाउँदै  संगठनमा नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् ।

 ‘सरुवा बढुवालाई न्यायोचित बनाउन आवश्यक मापदण्ड बनाएर लागू गर्नेछु, व्यक्तिले होइन नीतिले संगठन चलाउने प्रणाली विकास गर्नेछु,’ अर्यालले भने ।

४ वर्षको कार्यकालमा आर्थिक पारदर्शिता आफ्नो मुख्य लक्ष्य हुने उल्लेख गर्दै उनले सम्वृद्धिको जनअपेक्षा पुरा गर्न गृहप्रशासन सुधार कार्ययोजनाअनुसार सशस्त्र बलको भूमिका पुरा गर्न आफु प्रतिवद्ध रहेको बताए ।

सीमा सुरक्षामा डेडिकेटेड फोर्स निर्माण गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘सीमा सुरक्षामा नागरिक सशस्त्र प्रहरी साझेदारी बोडर सर्भिलेन्स कमिटी गठन गरी ईन्टेलिजेन्स ब्यूरो निर्माण गर्नेछु । सीमा निगरानी बहुउद्देशीय सडक निर्माणमा समेत मेरो जोड हुनेछ ।’