आर्थिक अनुशासनको पूर्ण पालना गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

आर्थिक अनुशासनको पूर्ण पालना गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनमा खाली रहेका विभिन्न समूहका सबै पदहरुमा तत्कालै बढुवा गर्ने बताएका छन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आइतबार सशस्त्रको साधारण समुह, लेखा उप–समूहतर्फ एसएसपीमा बढुवामा भएका ज्ञवालीलाई दज्र्यान्ही चिन्ह प्रदान गर्ने कार्यक्रममा बोल्दै उनले रिक्त स्थानमा बढुवाका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए ।

उनले सशस्त्र प्रहरी अधिकृत जवानहरुले उत्कृष्ट कार्यसम्पादनका साथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा आ–आफ्नो ठाउँबाट पु¥याएको योगदानले सांगठनिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

अर्यालले राष्ट्रसेवक सशस्त्र प्रहरीहरुले फौजी अनुशासनमा रहँदै दर्जा अनुरुप प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आर्थिक अनुशासनको पूर्ण पालना गर्दै कार्य सम्पादनमा जुट्नु पर्नेमा जोड दिए ।

सशस्त्र प्रहरी बल नेपालका कुनै पनि ईकाइ तथा कर्मचारीहरुबाट आर्थिक पक्षमा समस्या तथा गुनासोहरु नआउने गरी पूर्ण व्यवसायिक भई सेवा प्रवाहमा लाग्न अधिकृतहरुलाई त्यसै अवसरमा अर्यालले निर्देशन समेत दिए ।