काठमाण्डु – नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिटमाथि आज सुनुवाई हुँदैछ ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएपछि उनी सर्वोच्च गएका थिए ।
रुपन्देही क्षेत्र नम्बर २ का गुरुङको रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ । उनले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएका छन् ।
गुरुङले आफू व्यक्तिगत रुपमा कालोसूचीमा परेको नभई आफ्नो कम्पनी मात्रै कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको र उक्त निर्णय बदरका लागि अदालत पुगी मुद्दा विचाराधीन रहेको भन्दै निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङ सर्वोच्च गएका थिए ।




प्रतिक्रिया