राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आह्वान

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बैठक आह्वान गरेको छ।

जेठ २८ गते बिहिबार (भोलि) बिहान साढे ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने गरि बैठक बोलाइएको हो ।

समितिले बैठकका लागि कार्यसूची समेत तय गरेको छ ।

यस्ता छन् कार्यसूची
१.अघिल्ला बैठकको निर्णय कार्यान्वयन प्रगति जानकारी सम्बन्धमा ।
२. लागु औषध नियन्त्रण ब्यूरोको चालु आ.व. २०८२/८३ को हालसम्मको कार्य प्रगति एवम् आगामी कार्ययोजना सम्बन्धमा ।
३.उपसमिति गठन गर्ने सम्बन्धमा
क) समितिको बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति।
ख) समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति ।
ग) समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवम् निकायहरूको कामकारवाही अध्ययन एवम् निगरानी उपसमिति ।
४. समितिको कार्यक्षेत्रमा पर्ने विभिन्न निकायहरूको स्थलगत अनुगमन गर्ने सम्बन्धमा ।
५. विविध ।