काठमाडौं – सोमबार हिान ११ बजेबाट सुरु भएको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
बैठकमा प्रधानमन्त्रीको तर्फबाट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल उपस्थित भएकी छन् । अर्यालका अनुसार स्वास्थ्यका कारण बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसकेका हुन् ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग पनि परेको विषयमा छलफल आजको बैठकमा समितिले प्रधानमन्त्री ओलीलाई बोलाएको थियो । त्यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक समितिको बैठकमा उपस्थित भएका छन् ।




प्रतिक्रिया