२९ लाख अवैध रकमसहित एक भारतीय पक्राउ

२९ लाख अवैध रकमसहित एक भारतीय पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख अवैत्र रकमसहित कैलाली प्रहरीले शुक्रबार एक भारतीयलाई प्रक्राउ गरेको छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट एक भारतीयलाई २९ लाख अवैत्र रकमसहित पक्राउ गरेको हो ।

यूपी ३१ एके ७३४८ नम्बरको कारबाट २५ लाख नेपाली र ३ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

विषेश सूचनाका आधारमा गाडीमा लुकाएको रकमसहित नियन्त्रणमा लिएको उनले बताए । पक्राउ परेका बर्मासँग ६वटा विभिन्न बैंकका एटिएम कार्डसमेत प्रहरीले बरामद गरेको छ ।