नेपाली सेनाले गरेका देश विकास तथा जनहितका कामको रक्षामन्त्रीले गरे प्रसंशा

नेपाली सेनाले गरेका देश विकास तथा जनहितका कामको रक्षामन्त्रीले गरे प्रसंशा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाकाे ‘पृतनापति समन्वयात्मक बैठक काठमाडाैंमा  सुरु भएको छ । ‘पृतनापति समन्वयात्मक बैठककाे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति, रक्षा मन्त्रालयका पदाधिकारीहरु, रथीबृन्द तथा पृतनापतिहरुको उपस्थितीमा शुक्रबार शुभारम्भ भएको हो । ‘पृतनापति समन्वयात्मक बैठक भाद्र २३ सम्म सञ्चालन हुने भएकाे हाे ।

उक्त कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो मन्तव्य व्यक्त गर्दैं अन्तर्राष्ट्रिय जगतको समग्र सुरक्षा स्थितीको सम्बन्धमा जानकार रही देशको सुरक्षा स्थितीको मुल्यांकन गर्ने महत्वपूर्ण कामको विविध पक्षहरुको समिक्षा र पुनरावलोकन गरि थप परिस्कृत बनाउदै लैजाने तथा भविष्यमा तय गर्नुपर्ने नीति सम्बन्धमा हुने छलफलले नेपाली सेनालाई थप व्यवसायीक बनाउदै लैजाने धारणा व्यक्त गरेका थिए ।

सम्बोधनको क्रममा उनले नेपाली सेनाले गरेका देश विकास तथा जनहितका कार्यहरुको प्रसंशा गर्नुका साथै गौरबपूर्ण ईतिहास बोकेको नेपाली सेनाले बदलिंदो परिस्थितीमा आफूलाई अद्यावधिक गर्दै लैजानु पर्नेमा जोड समेत दिएका थिए ।

कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी शरद कुमार गिरीले स्वागत मन्तव्य राख्दैं हाल नेपाली सेनाभित्र भईरहेका गतिविधीहरुबारे जानकारी गराएका थिए । समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुख तथा सबै पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ ।

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात प्राप्त हुने गहन तर्क र राय सुझावहरुले आगामी दिनहरुमा नेपाली सेनाको सम्पूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्या्उन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।