राष्ट्रिय एकतालाई थप बलियो बनाउँनुपर्छ : रक्षामन्त्री पाेखरेल


काठमाडौं – उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको राष्ट्रियताको संरक्षणमा तराई, मधेस लगायतका थारु समुदायले पुर्याएको योगदानको उचित कदर हुने गरी खोज र अनुसन्धानका कामलाई अघि बढाउन विज्ञहरूलाई सुझाव दिएका छन् ।

बुधबार मधेसी आयोगले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजानुपर्ने बताए ।

उनले हिमाल, पहाड र तराई एकजुट भएर अघि बढे मात्रै मुलुकको राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै लैजान सकिने स्पष्ट पारे ।

उनले मुलुकको स्वाभिमानको रक्षा गर्न सबै समुदाय एक भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।

विभिन्न समुदायका आ–आफ्नै समस्या रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि विचार–विमर्श गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement