१ सय किलाे सुन प्रकरण :व्यापारी राकेश अडुकियाका छोरा पक्राउ

१ सय किलाे सुन प्रकरण :व्यापारी राकेश अडुकियाका छोरा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – १ सय किलाे सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । शुक्रबार भारतबाट फर्किएका उनलाई अध्यागन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको स्रोतले जनाएको छ।

रोहन व्यापारी राजेश अकुडियाका छोरा हुन् । उनलाई राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको छ। राजस्व अनुसन्धान विभागले अडुकियालाई कालोसूचीमा राखेको थियो।

यसअघि यो प्रकरणमा राजस्व अनुसन्धान विभागले अडुकियाको घरमा छापा मारेको थियो । योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ। तीमध्ये १ जना धरौटीमा छुटिसकेका छन्।