नेकपाको किचलो खेलकुदमा पनि देखियो, राखेप सदस्य केसीले दिए राजीनामा

नेकपाको किचलो खेलकुदमा पनि देखियो, राखेप सदस्य केसीले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय खेलकुद परिषदका सदस्य अर्जुनबहादुर केसीले पदबाट राजीनामा दिएका छन् । केसीले सोमबार युवा तथा खेलकुद मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

उनले यतिबेला सिङ्गो मुलुक प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको कदमप्रति आन्दोलित भइरहेको बेला अवैधानिक सत्ताको पक्षमा रहेर रमिते बन्नु उचित नहुने भन्दै परिषदको सदस्यबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

केसी नयाँ ऐन लागु भएपछि माओवादीको कोटाबाट दोश्रो पटक परिषदको सदस्य बनेका थिए ।