मन्त्रीको हस्तक्षेपमा एन्फा नेतृत्वमाथिको निलम्बन फुकुवा

मन्त्रीको हस्तक्षेपमा एन्फा नेतृत्वमाथिको निलम्बन फुकुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीको निलम्बन फुकुवा गरेको छ ।

पदाधिकारीको निलम्बनका कारण नेपाली फुटबलको भविष्य संकटतर्फ धकेलिने तथा फुटबलको विश्व निकाय फिफाबाट कारबाहीमा पर्न सक्ने चिन्ताका बीच निलम्बन फुकुवा भएको हो ।

एन्फा प्रवक्ता सुरेश शाहले पदाधिकारीको निलम्बन फुकुवा भएको बताए । एन्फाका पदाधिकारीलाई शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बोलाएर छलफल गरेका थिए । उक्त छलफललगत्तै निलम्बन फुकुवाको निर्णय भएको हो । छलफलमा मन्त्री पोखरेल, राखेपका सदस्य सचिव रामचरित्र मेहता, एन्फा महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र प्रवक्ता सुरेश शाह सहभागी थिए ।

पदाधिकारी निलम्बनमा परेपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी हुन पाएका थिएनन् ।
पंकजविक्रम नेम्बाङ नेतृत्वको एन्फाले बिनास्वीकृति १३ चैतमा तोकिएको निर्वाचन प्रक्रिया अघि बढाउन खोजेपछि सुरु भएको विवाद उत्कर्षमा पुगेका बेला निर्देशन अटेर गरेको आरोपमा राखेपले गत ११ चैतमा एन्फा पदाधिकारीलाई निलम्बन गरेको थियो ।

परिषद्को कार्यकारी समितिको बैठकले बारम्बार निर्देशन अवज्ञा गरेको भन्दै खेलकुद विकास ऐन–२०७७ अनुसार तीन महिनाका लागि निलम्बन गरिएको जनाएको थियो ।