राखेपको आठौं राष्ट्रिय खेलकूद :बॉकेका जनतालाई समेत अनुमतिमा बन्देज

राखेपको आठौं राष्ट्रिय खेलकूद :बॉकेका जनतालाई समेत अनुमतिमा बन्देज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-उदयसिंह श्रेष्ठ

नेपालगन्ज – बैशाख ५ गतेबाट शुरूवात हुन लागेको आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा राष्ट्रिय खेलकूद परिषदले पत्रकारलाई अनिवार्य रूपमा पास बनाउनु पर्ने र बॉकेका जनतालाई प्रतियोगितामा प्रवेशमा रोक लगाउने नियम लागु गरेपछि अहिले राखेपको व्यापक विरोध भएको छ ।

शुक्रबार राखेपले चार तारे होटलमा दिवाभोजको आयोजना गरी मिडिया हाउसको सिफारिस पत्रका साथ पत्रकारलाई बोलाइएकोमा पत्रकारलाई हस्ताक्षर गराई ५ सयसमेत भत्ता दिएको थियो । कार्यक्रममा पत्रकारसंग भएको परिचय पत्र मान्य नहुने भन्दै अनिवार्य रूपमा राखेपको परिचय पत्रको नियम लादन खोजेपछि अहिले व्यापक विरोध समेत भएको हो ।

फोटो क्याप्सन : चार तारे होटलमा राखेपले शुक्रबार पत्रकारलाई वितरण गरेको ५ सय

बॉके जिल्लामा एक अर्बको लागतमा निर्माण भई रहेको रंगशालाका साथै बॉकेका आम जनतालाई समेत अनुमतिमा बन्देज पार्दै अनिवार्य पास लागु गरेको छ । ७ हजार ५ सय क्षमता भएको प्याराफिटमा स्थानिय दर्शकलाई अपुग भन्दै बॉके जनतालाई अपमान गर्दै बन्देज समेत लगाइएको छ । राखेपका एक सदस्यले भने “राखेपका कर्मचारी र खेलाडी गरी ६ हजार बढी हुने र स्थानिय भिआईपी हुने भएकोले बॉकेका जनताको लागि प्रवेशमा बन्देज लगाइएको हो ।”

पत्रकारमाथि लगाइएको परिचय पत्रको बिषयमा केहीले परिचय पत्र नबनाउने र प्रवेशमा रोक लगाइयो भने समाचार नदिने बताएका छन् । यसैगरी राजपाले आयोजना गरेको विरोध प्रर्दशन र कोण सभामा केन्द्रिय उपाध्यक्ष विजय गुप्ताले भाषणको क्रममा राखेपको यो एकल काटे नीतिको विरोध गर्दै आलोचना समेत गरे ।

नेताले आलोचना गरेपछि स्थानीय युवाहरूको जमातले आइतबारदेखि विहान र सॉझ विरोध अन्तरगत त्रिभुवन चोकमा कालो ब्यानरसहित विरोध गर्ने र पुत्ला समेत जलाउने बताएका छन् ।