राखेपको सदस्य सचिवमा रमेश सिलवाल नियुक्त


काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् ।
केशव बिष्टको चारबर्षे कार्यकाल असार नौ गते सकिएपछि सरकारले सिलवाललाई खेलकुदको कार्यकारी पदको जिम्मेवारी दिएको हो ।

सिलवालले आजै सदस्य सचिवको शपथ ग्रहण गर्ने बताइएको छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले नयाँ सदस्य सचिवको रुपमा सिलवाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने तयारी गरेका छन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सिलवाललाई खेलकुदको नेतृत्व गर्ने जिम्मेवारी सहित सदस्य सचिवको रुपमा प्रस्ताव गरेका थिए । नीजि कलेज सञ्चालकको रुपमा ख्याती कमाएका सिलवाल नीजि विद्यालयहरुको छाता संगठन हिसानका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement