सरकारलाई रक्षा बमको चेतावनीः सच्चिनुस्, नत्र जनताले सच्याउँछन्

सरकारलाई रक्षा बमको चेतावनीः सच्चिनुस्, नत्र जनताले सच्याउँछन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जेनजी अभियानी रक्षा बमले सरकारलाई सच्चिन चेतावनी दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत बमले नसच्चिए जनताले सच्याउने चेतावनी दिएकी हुन् ।

नत्र जनताले बारम्बार सच्याएको उनको भनाइ छ । बमले सरकारले बजेटमार्फत शिक्षा, स्वास्थ्यदेखि मरेपछि आर्यघाट पुग्दासम्म कर लगाएको आरोप लगाइन् ।

आफ्नो भनाइलाई आग्रह वा चेतावनी जे ठाने पनि हुने भन्दै उनले नागरिकका बाध्यतामाथि थोपारिएको कर तत्काल खारेज गर्न माग गरेकी छन् । ‘शिक्षामा कर । स्वास्थ्यमा कर । सास फेर्दा कर । मरेपछि आर्यघाट पुग्दासम्म कर । हाम्रो कहरमाथि नै कर ? आखिर नागरिकले बाँच्नका लागि चाहिने हरेक आधारभूत आवश्यकतामै कर तिर्नुपर्ने हो, सरकार ?’, उनले लेखेकी छन्, ‘यसलाई तपाईँहरूले आग्रह ठान्नुस् वा चेतावनी । नागरिकका बाध्यतामाथि थोपारिएको कर तत्काल खारेज गरियोस् ।
साच्चिनुहोस् । सच्याउनुहोस् । नत्र जनताले बारम्बार आफैं सच्याएका उदाहरणहरू पनि छन् ।’