पार्टीमा बहस हुनु स्वभाविक हो, आलोपालो प्रधानमन्त्री हुने सहमति छैन : रक्षामन्त्री पोखरेल

पार्टीमा बहस हुनु स्वभाविक हो, आलोपालो प्रधानमन्त्री हुने सहमति छैन : रक्षामन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – सरकारका कार्यबहाक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीका दुईजना अध्यक्षबीच कुनै विवाद नभएको दाबी गरेका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले पार्टीमा बहस हुनु छलफल हुनु स्वभाविक भएको बताउँदै प्रधानमन्त्री आलोपालो हुने भन्ने कुरामा कहिँ कतै सहमति नभएको प्रस्ट पारे ।

‘पार्टीमा बहस हुनु छलफल हुनु स्वभाविक हो, केपी ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने भन्ने कुरामा काँही पनि सहमति भएको छैन । पार्टीको जिम्मेवारी भने आवश्यकताअनुसार हेरफेर हुन सक्छ’ उनले भने ।

नेकपामा चिनिया सि विचारधारा हावी भएको छ भन्ने विषय गलत भएको भन्दै उनले चिनियाँ कम्युनिष्ट पार्टीले लागू गरेको सि विचारधारा के रहेछ भनेर बुझ्ने काम आफ्नो पार्टीले गरेको बताए ।

पालमा आफ्नै मौलिकतामा आधारित विचारधारा लागू हुने पोखरेलको भनाइ छ । सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरा वर्तमान सरकारले पनि गम्भीर रूपमा लिएको बताउँदै उनले चिनियाँ राष्ट्रपति सिले चिनमा सुशासन र भ्रष्टाचार नियन्त्रणमा भएका कामको विषयमा आफूहरुलाई जानकारी दिएको बताए ।

उनले गौर हत्याकाण्डको विषयमा पनि छानविन हुनसक्ने बताए । जनयुद्धमा भएका कतिपय घटनाको विषयमा पनि छानविन हुन्छ कि भन्ने पत्रकारको प्रश्नमा जवापल दिँदै पोखरेलले भने, विगतमा भएका जुनसुकै आपराधिक घटनाको छानविन हुन्छ ।’ पोखरेलले भने, ‘जनयुद्धलाई अपराधको रुपमा तपाईले बुझ्नु हुँदैन ।’ कांग्रेस नेता मो.अफ्ताव आलम पक्राउ गर्नु कुनै प्रतिशोध नभएको उनले बताए । कांग्रेस नेताहरुले नेकपा सरकारले प्रतिशोध साँध्न आफ्ना नेता आलमलाई पक्राउ गरेको भन्दै विरोध गर्दै आएको छ ।