एजेन्सी — भारतको तमिलनाडुमा कोयम्बटुर सहित ११ जिल्लामा लकडाउनका कारण दुई महिनासम्म बन्द रक्सी पसलहरू आजबाट खुलेका छन् । लकडाउन खुकुलो हुनुका साथै रक्सी पसलहरु आजदेखि खुल्न थालेका हुन् ।
लामो समयपछि रक्सी पुसल खल्दा सयौंको संख्यामा मानिसहरुको भिड लागेको छ । मदिरा पसल खुलेपछि मानिसहरूले पसलबाहिर पुगेर खुशियाली मनाएका छन् ।
नाच्दै गाउँदै ती मानिसहरूले नरिवल फुटाए अनि पटका पनि पड्काएर खुशियाली मनाएका थिए । बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म मदिरा पसल खोल्ने निर्णय सरकाले गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।




प्रतिक्रिया