मधेश प्रदेशसभा सभामुखमा यादव निर्वाचित

मधेश प्रदेशसभा सभामुखमा यादव निर्वाचित


काठमाण्डु – मधेश प्रदेशसभा सभाभुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन् ।

आईतबार बसेको प्रदेशसभा बैठकमा उपस्थित ९६ जनामध्ये ७ दलीय गठबन्धनबाट सभामुखमा उम्मेदवार बनेका यादवको पक्षमा ७२ जना प्रदेशसभा सदस्यले मतदान गरे भने २४ जनाले विपक्षमा मतदान गरेका छन् ।

उपसभामुख बबिता राउत ईशरले बहुमत सदस्यले वीरेन्द्र प्रसाद सिंहको प्रस्तावमा मतदान गरेकाले यादव सभामुखमा निर्वाचित भएको घोषणा गरेकी छन् ।

पहिलो प्रस्तावमै बहुमत सदस्यले पक्षमा मतदान गरेकाले दोस्रो उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नुपर्ने नभएको सदनलाई जानकारी गराइएको छ । नेकपा एमालेका त्रिलोकी प्रसादले पनि सभामुखमा उम्मेदवारी दिएका थिए ।