तपस्वी रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा

तपस्वी रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रममा प्रहरीले छापा मारेको छ ।  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको हो ।

प्रहरीका एक अधिकारीले भने, ‘आश्रममा छापा मारेका छौं, अहिले यत्ति भन्छौं ।’ बम्जनको आश्रममा खानतलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको थियो ।

बारामा तपस्या गरेर चर्चा कमाएका उनले देशका विभिन्न ठाउँमा आश्रम संचालन गरिरहेका छन्। उनको आश्रममा तपस्या गर्न पुगेकाहरु आश्रमबाटै हराएको भन्दै प्रहरीमा उजुरी परेपछि उनीमाथि अनुसन्धान सुरु भएको हो।

उनीमाथि आश्रममा पुगेकाहरुलाई वेपत्ता पारेको तथा केहीको हत्या गरेकोसमेत आरोप लागेको छ। बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्कविहीन भएको खबर हालै मात्र सावर्वजनिक भएको थियो ।