सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ८ पहिरेमा आश्रममा रहेका रामबहादुर बमजनलाई पक्राउ गर्न गएको प्रहरी टाेली रित्तो हात फर्किएको छ । शुक्रबार बिहान बमजनको आश्रममा प्रहरीले छापा मारेको थियो ।
बिहीबार अदालतबाट पक्राउ अनुमति पाएको प्रहरीले शुक्रबार बिहानै बमजनको आश्रम क्षेत्रलाई घेरा हालेर छापा मारे पनि बमजन फरार रहेको प्रहरीले जनाएको छ ।
तपस्वीको भेषमा बस्दै आएका बमजनमाथि एक जनाको हत्या, केही आनीहरुलाई बेपत्ता बनाएको र यौन शोषण गरेको आरोप लागेको छ ।
बिहीबार रातिसम्म बमजन आश्रममै रहेको सूचनाका आधारमा प्रहरी उनलाई पक्रन शुक्रबार बिहानै आश्रम पुगे पनि उनी त्यहाँ नभेटिएको सर्लाहीका एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।
आश्रममा रहेका ४ जना गुरूहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया