सिन्धुलीस्थित बमजन आश्रममा प्रहरीको छापा, जंगलतर्फ भागेको आशंका


काठमाडौं – लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रममा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बिहीबार सिन्धुली आश्रममा छापा मारेको हो ।

प्रहरीले बमजनको आश्रममा ८ घण्टा सर्च अप्रेशन चलाएको हो । प्रहरीले लगातार तेस्रो पटक छापा मारेको हो । एसपी रन्जु सिग्देलले बमजन आश्रममा रहेको सूचनाकाआधारमा प्रहरीले छापा मारेको बताइन् ।

प्रहरीका एक अधिकारीले भने, ‘आश्रममा छापा मारेका छौं, तर उनी जंङ्गलतर्फ भागेको आशंका गरेका छौं ।’

बारामा तपस्या गरेर चर्चा कमाएका उनले देशका विभिन्न ठाउँमा आश्रम संचालन गरिरहेका छन् । उनको आश्रममा तपस्या गर्न पुगेकाहरु आश्रमबाटै हराएको भन्दै प्रहरीमा उजुरी परेपछि उनीमाथि अनुसन्धान सुरु भएको हो ।

उनीमाथि आश्रममा पुगेकाहरुलाई वेपत्ता पारेको तथा केहीको हत्या गरेकोसमेत आरोप लागेको छ । बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्कविहीन भएको खबर हालै मात्र सावर्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement