शनिबारदेखि बेपत्ता प्रहरी जवानको शव मोहना नदीमा भेटियो

शनिबारदेखि बेपत्ता प्रहरी जवानको शव मोहना नदीमा भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शनिबार रातीदेखि बेपत्ता भएका कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव फेला परेको छ । असई गोविन्द विकसँगै हत्या गरिएका साउदको शव मोहना नदीमा फेला परेको हो ।

बेपत्ता भएदेखि उनको खोजि कार्य प्रहरीले जारी राखेको थियो । गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक बिक र जवान साउद वेपत्ता भएका थिए ।

असई बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेको थियो । प्रहरीले हत्या आरोपमा हालसम्म १३ जनालाई पक्राउ गरिसकेको छ ।