सीमा सुरक्षा विस्तार गर्ने सरकारको तयारी

सीमा सुरक्षा विस्तार गर्ने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले सीमा सुरक्षा विस्तार गर्ने तयारी गरेको जानकारी दिएका छन् । सोमबार संसदको राज्य व्यवस्था समितिको बैठकमा उपस्थित भएका गृहमन्त्री बादलले सरकारले दार्चुलामा सीमा सुरक्षा विस्तारको तयारी गरेको जानकारी दिए ।

गृहमन्त्री थापाका अनुसार सचिवस्तरमा रहेको समितिबाट यो समस्या समाधान गर्ने तयारी गरिएको छ । त्यस्तै ईपीजीबाट पनि समाधानको प्रयास भइरहेको मन्त्री थापाले जनाए । यता, भूमि व्यवस्थामन्त्री अर्यालले सचिवस्तरमा छलफल गरेर टुंगो लगाउन भारतले प्रस्ताव गरेको जानकारी दिइन् ।

समितिको आजको बैठकमा गृहमन्त्री थापासँगै भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्याल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत उपस्थित छन् ।