काठमाण्डु – नेकपा एमालेका नेता एवं गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रियसभा उपनिर्वाचनको तयारीमा जुटेका छन् ।
जेठ ६ गते बिहीबार हुन लागेको बागमती प्देश राष्ट्रिय सभाको उपनिर्वाचनको तयारी स्वरुप गृहमन्त्री बादल हेटौंडा पुगेका छन् ।
हेटौंडामा पुगेका गृहमन्त्री बादलले नेकपा एमालेका नेताहरुसँग आन्तरिक छलफल सुरु गरेका छन् । गृहमन्त्री बादलसँगै काठमणडु महानगरका मेयर विद्यासुन्दर शाक्य पनि सहभागी छन् । उनीहरुले ओली समूहका नेताहरुसँग एक होटलमा छलफल जारी राखेका छन् ।
त्यस्तै वाम उम्मेद्वार डा. खिमलाल देवकोटा पनि हेटौंडा पुगेका छन् । उनले माओवादी केन्द्रसहित कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरेका छन् । दुवै पक्षले आफू निकट सांसद, मेयर र उपमेयरहरुसँग छलफल जारी राखेका हुन् ।
साथै राष्ट्रियसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का कृष्णबहादुर तामाङले पनि राष्ट्रिय सभाको उपनिर्वाचनका उम्मेदवारी दिइसकेका छन् ।
मतदान बिहीबार बिहान ९ बजेदेखि ३ बजेसम्म हेटौँडा–४ भुटनदेवी माध्यमिक विद्यालयमा हुनेछ । मतदानका लागि मतदाताले पीसीआर रिपोर्ट बुझाउनुपर्ने अनिवार्य गरिएको छ ।




प्रतिक्रिया