काठमाडौं – गृहमन्त्री रामबहादुर थापा‘बादल’ले आज बिहान त्रिभुवन अन्तर्राट्रिय विमानस्थल र त्यहाँस्थित अध्यागमन कार्यालगको अनुगमन तथा निरीक्षण गरेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० नजिकिरहँदा अध्यागमन कार्यालय सुधारको अवस्था बुझ्न गृहमन्त्री थापा बुधवार विमानस्थल पुगेका हुन् ।
निरीक्षणको क्रममा गृहमन्त्री थापाले यात्रुहरूको प्रस्थान कक्ष, आवागमन कक्ष, प्रहरीको सिसिटिभि मोनिटरिङ कक्ष लगायतको निरीक्षण गरेका थिए ।
अनुगमनपछि गृहमन्त्री थापाले विमानस्थल तथा अध्यागमन कार्यालय पहिलेभन्दा निकै सुधार भएपनि यो अपर्याप्त रहेको भन्दै थप गुणात्मक सुधार गर्न निर्देशन दिए ।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामन सुधारको कार्ययोजना अनुसार अहिले अध्यागमनमा नेपालको आफ्नो सफ्टवेयर ‘नेपाली पोर्ट’ निर्माणको कार्य र नयाँ भौतिक संचरना निर्माणको कार्य अन्तिम चरणमा पुगको जानकारी दिँदै अब अत्याधुनिक सुबिधासम्पन्न अध्यागन कार्यालयको रुपमा यो सञ्चालनमा आउन लागेकोे जिकिर गरे ।
निरीक्षणको क्रममा गृहमन्त्री थापा, गृहसचिव प्रेमकुमार राई, प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमाल, सुरक्षा निकायका उच्च अधिकारीहरु लगायत उपस्थित थिए ।





प्रतिक्रिया