सीमा सुरक्षाका लागि पाँच सय स्थानमा बिओपी राखिन्छः गृहमन्त्री बादल

सीमा सुरक्षाका लागि पाँच सय स्थानमा बिओपी राखिन्छः गृहमन्त्री बादल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले सीमा सुरक्षा व्यवस्थापन गर्नका लागि पाँच सय स्थानमा बिओपी राख्ने लक्ष्य रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले कोरोना भाइरस संक्रमणको प्रवेश रोकथामका लागि सीमामा १२ सय १३ स्थानमा बिओपी विस्तार गरिएको बताएका छन् ।

उनले पहिलो चरणमा दुई सय २१ वटा बोर्डर आउट पोस्ट स्थापना कार्य अघि बढिरहेको जानकारी दिएका छन् ।

गृहमन्त्री बादलले अहिलेसम्म दार्चुलाको छ्याङरू र हुम्लाको हिल्सासमेत गरी एक सय २९ स्थानमा बोर्डर आउट पोस्टको स्थापना भइसकेको बताए ।

उनले भने, ‘आगामी आर्थिक वर्षमा ५९ वटा बोर्डर आउट पोस्टको स्थायी भौतिक संरचना निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।’