काठमाडौं – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले रुकुम पश्चिमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गर्न गृहमन्त्री रमबहादुर थापा बादलको ध्यानाकर्षण गराएका छन् ।
बुधबार साँझ मन्त्री बस्नेतसहित सांस्द सत्या पहाडी, राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्मा, भैरवसुन्दर श्रेष्ठले गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका हुन् ।
गृहमन्त्री थापालाई भेटेर मृतकका परिवारलाई कम्तीमा १०/१० लाख राहत दिनुपर्ने, घाइतेको निःशुल्क र यथाशीघ्र उपचार गर्नुपर्ने समेत माग गरिएको छ ।
भेटमा गृहमन्त्री थापाले अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी गराउँदै निष्पक्ष अनुसन्धान हुनेमा विश्वस्त रहन आग्रह गरेका थिए ।
।
गृहमन्त्री थापाले हत्यारालाई कानुनी कठघरामा उभ्याउने र लकडाउनपछि पीडित परिवारलाई भेट्ने आश्वासन दिएका थिए ।
गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा जाजरकोटका नवराज बिकसहित ६ जनाको हत्या भएको थियो ।
रुकुम प्रहरीले घटनामा संलग्न रहेको आरोपमा वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयका सहसचिव तिजेन्द्र बस्नेतको नेतृत्वमा छानबिन समिति बनाइएको छ ।




प्रतिक्रिया