काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादल बाग्लुङमा गएको पहिरोको स्थलगत निरीक्षणका लागि गएका छन् ।गृहमन्त्री बादल आज बिहान नेपाली सेनाको हलिकप्टरमा राहत सामाग्री लिएर बाग्लुङ गएका हुन् ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर बगाएर क्षति बनाएको छ । घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन ।




प्रतिक्रिया