प्रहरीलाई गृहमन्त्री बादलको निर्देशनः विप्लव समूहविरुद्ध फिल्ड अपरेशन चलाउनू


काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव समूहविरुद्ध कडा कदम चाल्न निर्देशन दिएका छन् ।

६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली र विकास निर्माणमा अवरोध गर्ने कोसिस गरिरहेको बताए ।

‘संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हकअधिकार निर्भिकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोसिस गरिरहेका छन्’, उनले भने, ‘त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेशनमा कतै पनि सम्झौता गर्ने छैनन् ।’

अपराध र अपराधीको विषयमा आफू भन्दा धेरै प्रहरीहरु जानकार र व्यावसायिक भएको भन्दै गृहमन्त्री बादलले अपराधको प्रवृति विश्लेषण गरेर अगाडि बढ्न आग्रह गरेका छन् । उनले गृहमन्त्रालयले त्यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement