चितवन – गृहमन्त्री रामबहादुर थापा बादलले उपयुक्त नीति, कार्यक्रम र कुशल नेतृत्वले नै समाजवादसम्म पु¥याउन सक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ओली समूह) चितवनले आज यहाँ आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अहिले देश समाजवादोन्मुख रहेको उल्लेख गरे ।
उनले भने, ‘हामी समाजवाद निर्माणको चरणमा आइपुगेका छौँ, त्यसैले उपयुक्त नीति र नेतृत्व आवश्यक छ ।’
हरेक परिवर्तनका लागि नीति र नेतृत्व आवश्यक रहेको भन्दै उनले भने, ‘उपयुक्त नेतृत्व कुन भन्ने विषयका उत्तर दिन हामी यहाँ भेला भएका हौँ’, उनले भने, ‘प्रधानमन्त्री बन्न जनता र पार्टी अध्यक्ष बन्न कार्यकर्ता कहाँ जानुपर्छ । जसको नीति र नेतृत्व राम्रो छ जनताले उसैलाई प्रधानमन्त्री बनाउँछन् । जनता कहाँ गएर नयाँ निर्वाचनमार्फत प्रधानमन्त्री बन्ने मौका दिएका छौँ ।’




प्रतिक्रिया